काठमाण्डौ । बैतडी केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहानपख सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर बिहान १:४८ बजे ५.१ म्याग्निच्युड र २:०० बजे ३.७ रेक्टर स्केलको भूकम्प भएको हो ।

भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको छ।मस्त निद्रामा परेका बेला आएको धक्काले मानिसहरु त्रसित भएका थिए । भूकम्पले कति क्षति  स्पष्ट भइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय बैतडी र स्थानीय तहहरुबाट सूचना संकलन भइरहेको छ ।