काठमाण्डौ  ।  नेपाल पूर्व सशस्त्र प्रहरी संघद्वारा सगरमाथा आरोही सशस्त्र प्रहरी नायव निरीक्षक छत्याल र बोहोरालाई सम्मानित भएका छन।

नेपाल पूर्व सशस्त्र प्रहरी संघका सल्लाहकार अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु सनत कुमार बस्नेत, शैलेन्द्र श्रेष्ठ र सिंहबहादुर श्रेष्ठ तथा संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले प्रधान कार्यालय हलचोक स्वयम्भुमा जेठ ९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी नायव निरीक्षक दन्त बहादुर छत्याल र पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कल बहादुर बोहोरालाई नगद पुरस्कार सहित सम्मान गर्नुभएको छ ।FB_IMG_1747999607466FB_IMG_1747999613939