काठमाण्डौ  ।  सांसद ज्ञानेन्द्र शाहीले उठाए सर्वोच्चका न्यायाधीशमाथि नै प्रश्न 

ज्ञानेन्द्र शाही लेख्छन, "संसारभरिका सबैले साथ छोडे पनि जन्मदिने आमाले कहिले पनि साथ छोड्दिनन् संसार नै विरुद्धमा हुँदा पनि पनि सत्यको पक्षमा न्यायको मन्दिर अदालतको ढोका खुला हुन्छ। भन्ने सुनेको थिएँ। तर आज म सोध्न चाहन्छु। अदालतको न्याय कसैलाई पाखा र कसैलाई काखा हुन्छ ?  सत्तापक्षका सहकारी ठगहरु बाहिर राखेर छानबिन गर्न मिल्ने तर देशको पूर्व गृहमन्त्री भइसकेको माननीय रवि लामिछाने ज्यूलाई लाई बाहिर राखेर छानबिन गर्न किन नमिल्ने? सम्माननीय सर्वोच्च अदालतका सम्माननीय श्रीमानज्यूहरू यसको जवाफ दिनुस्। इतिहासले यसको जवाफ माग्नेछ।"