काठमाडौं— नेपाल प्रहरीको साइबर ब्यूरोमा पछिल्लो १० महिनामा १५ हजारभन्दा धेरै साइबर अपराध सम्बन्धी उजुरी दर्ता भएका छन्।

प्रवक्ताका अनुसार, ब्यूरोमा परेका उजुरीमध्ये २३९ वटा मुद्दा अदालतमा पेश गरिएको छ, बाँकीमा अनुसन्धान जारी छ।

कतिपय उजुरीहरू मिलपत्रमा टुंगिएको पनि बताइएको छ।

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोमा पछिल्लो १० महिनामा १५ हजारभन्दा धेरै साइबर अपराध सम्बन्धी उजुरी परेको छ । २०८१ साउनभन्दा पछि ब्यूरोमा १५ हजार ३७० वटा उजुरी आएको प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयमा अयोजित पत्रकार सम्मेलनमा थापाले भने( ‘हामिकहाँ आएका उजुरीमाथि अनुसन्धान गरेर २३९ वटा मुद्दा अदालत पुगेका छन् ।’ अरु उजुरीमाथि अनुसन्धान जारी रहेको उनले बताए । थापाले भने– ‘कतिपय उजुरी मिलपत्रमा पनि टुंगिने गरेका छन् ।’