कपिलवस्तु— कपिलवस्तुको कुदान सडक अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर २ कुदान नजिकै पोलमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
शुक्रबार साँझ साढे ६ बजेतिर गोटिहवाबाट कुदानतर्फ आउँदै गरेको लु ४१ प ६०१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विद्युतीय पोलमा ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका वडा नम्बर ४ डालपुरका ३६ वर्षीय सुरेन्द्र यादवको मृत्यु भएको हो।
गम्भीर घाइते यादवको कपिलवस्तु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय गोरुसिंगेले जनाएको छ ।