काठमाडौं— काठमाडौँको चक्रपथ र चक्रपथभित्रका धेरै ठाउँमा दुई महिनासम्मका लागि प्रदर्शन गर्न रोक लगाइएको छ । जिल्ला प्रशासनले आइतबार एक सूचना जारी गर्दै अत्यावश्यक सेवा, शान्तिसुरक्षा र यातायातमा अवरोध पुगेको भन्दै अनशन, धर्ना, जुलुस र सभाजस्ता विरोध कार्यक्रम गर्न रोक लगाएको हो ।
प्रदर्शनको लागि बल्खु, सिफल चौर र कोटेश्वर आकासे पुलदेखि दक्षित बालकुमारीतर्फको क्षेत्रमा मात्रै विरोधका कार्यक्रम गर्न पाइने प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।