काठमाडौं— बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोेभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५५ वर्षीय बिर बहादुर घिसिङ र ३९ वर्षीय दिनेश खड्का रहेका छन्।

उनीहरुले बैदेशिक रोजागारमा पठाइदिन्छु भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएपछि पीडितहरुले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा आज विभिन्न स्थानबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए । बिर बहादुर घिसिङले नर्वे र डेनमार्क पठाईदिन्छु भनी २ जनाबाट पाँच लाख दश हजार रकम मागेको र  दिनेश खड्काले पोर्चुगल पठाईदिन्छु भन्दै एक जनाबाट दश लाख रुपैयाँ मागेर सम्पर्क विहीन भएको प्रहरी उपरीक्षक आर्चायले बताए ।

थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।