काठमाडौं— नेपाल टेलिकमले प्रबन्धक रवीन्द्र मानन्धरलाई कम्पनीको प्रवक्ता तोकेको छ । टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक मानन्धरलाई कम्पनीको प्रवक्ता तोकेको जनाएको हो ।

कम्पनीसम्बन्धमा कुनै जानकारी लिन परे प्रवक्ता मानन्धरसँग लिन सकिने टेलिकमका सहप्रवक्ता नवीनकुमार मिश्रले जानकारी दिए । उनका अनुसार प्रवक्ता नियुक्त मानन्धरको सम्पर्क नम्बर ०१४२१०२०४ (कार्यालय) र ९८५१३७१४१५ (मोबाइल) तथा इमेल ठेगाना [email protected] रहेको छ ।