काठमाडौं— नेपाली सेनाका सहायक रथी युवधिर मानसिंह अधिकारीले पदावधि पुरा नहुँदै राजीनामा दिएका छन् । व्यक्तिगत कारण देखाएर उनले राजीनामा दिएका हुन् ।
उनको राजीनामा मन्त्रिपरिषद् बैठकले स्वीकृत समेत गरिसकेको रक्षा मन्त्रालयका प्रवक्ता मनोज कुमार आचार्यले बताएका छन् । सहायक रथीको चार वर्षे पदावधि पनि पूरा नहुँदै उनले राजीनामा दिएका हुन् ।
सहायक रथी हुँदा उनी पछिल्लो समय चरक बाहिनीमा कार्यरत थिए। तर उमेर हदका कारण अब बढुवा हुने सम्भावना नभएपछि अधिकारीले पदावधि पूरा नहुँदै राजीनामा दिएका हुन्।