दोलखा— सरकारले नयाँ बजेटमा सुन र हिरा–रत्नको कारोबारमा थप कर लगाउने निर्णय गरेपछि दोलखाका सुन व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार, दोलखाका करिब ५० वटा सुनचाँदी पसलहरू बिहीबार बिहानैदेखि बन्द गरिएको छ। व्यवसायीहरूले २५ थप विलासिता कर र १३५ हिरा(पत्थरमा कर खारेज गर्न माग गर्दै आन्दोलन थालेका हुन्।
सुन व्यवसायी चक्र घतानीका अनुसार, यस्तो कर वृद्धिले छिमेकी भारतबाट हुने अवैध सुन आयातलाई प्रोत्साहन दिनेछ, जसले स्थानीय व्यवसायलाई मर्कामा पार्छ।
अन्य व्यवसायीहरूका अनुसार, सरकारले स्पष्ट नीति र नियमावली बिना कर बढाउनु अन्यायपूर्ण भएको र यसले स्थानीय व्यवसाय धराशायी हुने खतरा रहेको बताइएको छ।
सुनचाँदी व्यवसायी संघ, दोलखा शाखाका अध्यक्ष अनिल रिजालले सरकारसँग तत्काल कर फिर्ता लिनुका साथै, स्पष्ट नीति निर्माणको माग गरेका छन्।