इलाम  । इलामको चारमाइलबाट चाँदी र सुनको जलप लगाएको गहनासहित दुई व्यक्ति नियन्त्रणमा लिएको छ।

इलाम जिल्लाको सुर्योदय नगरपालिका–२ चारमाइलबाट असार १ गते प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले ३२ लाख ६९ हजार ५ सय ५७ रुपैयाँ बराबरको चाँदी र सुनको जलप लगाएको गहनासहित दुई पुरुषलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको छ ।