काठमाडौं — सशस्त्र प्रहरी बल (एपीएफ) का नवनियुक्त अतिरिक्त महानिरीक्षक (एआईजी) गणेशबहादुर ठाडा मगरले पदोन्नतिसँगै दर्ज्यानी चिन्ह प्राप्त गरेका छन्।
सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले बुधबार एक औपचारिक समारोहका बीच मगरलाई एआईजी पदको चिन्ह प्रदान गरेका हुन्। एआईजी मगर सशस्त्र प्रहरी संगठनमा अनुशासित, निष्ठावान र कुशल अधिकृतको रुपमा परिचित छन्। आफ्नो कार्यकालमा उनले देशका विभिन्न संवेदनशील स्थानहरूमा खटिएर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।
बढुवापछि अब उनलाई संगठनको उच्च व्यवस्थापन तहमा थप जिम्मेवारी मिल्नेछ। कार्यक्रममा एपीएफका उच्च पदस्थ अधिकृतहरू, सहकर्मी, तथा मगरका परिवारजनको पनि उपस्थिति रहेको थियो।