दोलखा । दोलखामा जारी ‘जलवायु परिवर्तन सम्बन्धी च्छोरोल्पा संवाद’ कार्यक्रम आज(शनिबार) समापन हुँदैछ । 

शनिबार दोलखाको सिङ्गटीमा बागमती प्रदेश सरकारको आयोजनामा ‘गौंरीशंकरको रक्षा हिमालदेखि तराईसम्मको सुरक्षा विषयक जलवायु परिवर्तन’सम्बन्धी च्छोरोल्पा संवाद विहीबारदेखि दोलखाको सिंगटीमा सुरु भएको थियो । 

शनिबार समापन कार्यक्रमको उद्घाटन बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले गरे । संवाद कार्यक्रममा जलवायु परिवर्तनबाट देखिएका चुनौतीको विषयमा छलफल हुनेछ । 

कार्यक्रममा वन निर्देशनालयका निर्देशक विधानाय झा, बन तथा भू संरक्षण विभागका उपमहानिर्देशक अजित कर्ण, पूर्वराष्ट्रिय सभा सदस्य पार्वती रावल, बन तथा वातावरण मन्त्रालयका पूर्वमन्त्री विशाल खड्कालगायतको उपस्थिति रहेको छ ।