सङ्खुवासभा — सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित फ्याक्रे खोलामा खसेको सुक्खा पहिरोका कारण खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतका अनुसार आज बिहान करिब ६ बजे फ्याक्रे खोलाको पुलमा सुख्खा पहिरो खसेपछि खाँदबारी–किमाथाङ्का सडक ठप्प भएको हो। सडक अबरुद्ध भएपछि मकालु गाउँपालिकाका केही वडा तथा भोटखोला जाने सवारी साधन सञ्चालनमा अवरोध पुगेको छ।
सडक खुलाउने प्रयास भइरहेको जानकारी दिँदै उत्तर–दक्षिण कोशी राजमार्ग आयोजनाका सूचना अधिकारी नरेश जिरेलले फ्याक्रेखोलाको पुलमा खसेको पहिरो हटाउने कार्य सुरु भइसकेको बताएका छन्।