काठमाडौं— निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा नयाँ मतदाताहरुले नामावलीमा नाम दर्ता गराउन आग्रह गरेको छ।

आयोगले एक विज्ञप्तिमार्फत उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी भएकाले नाम दर्ता गर्न आह्वान गरेको हो ।

आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा ९२० को खण्ड ९२० मा “निर्वाचनको घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन” भन्ने व्यवस्था भए बमोजिम निर्वाचनको मिति घोषणा भए पश्चात् मतदाता नामावली दर्ता कार्य रोकिने भएकोले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोग अनुरोध गर्दछ।’

निर्वाचन आयोगले कात्तिकको दोस्रो साता उपनिर्वाचन गर्ने गरी प्रधानमन्त्री केपी ओलीसँग यसअघि नै छलफल गरिसकेको छ। प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं। ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ ९२० को रिक्त सदस्यको उपचुनावको लागि आयोगले मिति तोक्दै छ।