विराटनगर : अपहरण र लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ का करिब २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का करिब २५ वर्षीय तासिब अन्सारी रहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्। एक जना भने फरार रहेको प्रहरीले जनाएको छ।
आफूलाई प्रहरी बताउने ३ जनाको समूहले विराटनगरमा एक जनालाई अपहरण गरेर लुटपाट गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लुटपाट गरेपछि उनलाई उक्त समूहले छाडेको थियो।