काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको हो ।

मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको निगमले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । यस्तै, हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको निगमले जनाएको छ ।

वृद्धि भएको मूल्य सोमबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।