भद्रपुर (झापा), १९ असारः बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्कनुभएका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई आक्रमणमा पर्नु भएको हो । गम्भीर घाइते हुनुभएका उहाँको घटनास्थलमा नै मृत्यु भएको हो ।