काठमाडौं— प्रधान सेनापति प्रभुराम शर्माले उपरथी पदमा पदोन्नति भएका नारायण खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। शुक्रबार जंगी अड्डामा आयोजित समारोहमा सेनापतिले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। 

असार १३ गतेको निर्णयअनुसार खत्रीलाई उपरथीमा पदोन्नति गरिएको थियो।

पदोन्नतिसँगै उपरथी खत्रीलाई उपत्यका पृतना हेडक्वार्टरको पृतनापति पदमा नियुक्त गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।