अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यू’मा नायक सौगात मल्लको  प्रवेश भएको छ । एकपछि अर्को फिल्म साइन गरिरहेका सौगातले हालै यो चलचित्र साइन गरेका हुन्। 


फिल्मका लागि नायक दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्धित भइसकेका छन् । सौगात र दयाको जोडी ‘कबड्डी ४’मा ब्लकबस्टर भएको थियो । उनीहरू फेरि एकसाथ देखिँदा दर्शकमा उत्साह बढ्ने पक्का छ ।


फिल्मका लागि अन्य कलाकारहरू संझौता गर्न बाँकी रहेको निर्माणपक्षले बताएको छ । महेश राइको लेखनमा तयार हुन लागेको यो फिल्मका निर्माता जनक घर्ती मगर हुन् । दुवैले फिल्म ‘घर ज्वाइँ’ पछि एकसाथ सहकार्य गर्न लागेका हुन् । शिशिर विसङ्खेले छायांकन गर्ने फिल्मलाई जी.एम. मुभिज प्रोडक्सन प्रा.लिको व्यानरमा निर्माण हुने यो फिल्मको छायांकन मंसिरको दोस्रो हप्तादेखि सुरु हुनेछ ।


फिल्मलाई ढोरपाटन र पोखरामा खिचिनेछ । फिल्मलाई चैत्रको २७ गतेबाट प्रदर्शन गर्ने योजना निर्माणपक्षको छ ।