गायिका आस्था राउतको नयाँ गीत सार्वजनिक भएको छ । आस्थाले ‘कम्मरै मर्काएर’ बोलको गीत आज युट्युब च्यानल म्युजिक नेपालमार्फत सार्वजनिक गरेकी हुन् ।


खुसी र सुखी हुँदै जिउनु पर्छ भन्ने सन्देश दिने गीत डान्सिङ नम्बरमा छ । गीतले जिन्दगी हास्दै, गाउँदै र नाच्दै खुसी भएर बाच्न प्रेरित गर्छ ।मनको रहर साँचेर राख्नेभन्दा पनि पूरा गर्नुपर्छ भन्ने सन्देश दिने गीत साथीसंगीलाई हासेर बोल्न र हासेर जिउन आग्रह गर्छ । सुख र दुःख नै जिन्दगीको सत्य भएको भन्ने गीतले दुःख भुलेर हास्न प्रेरित गर्छ । खुसी हुन र हास्न उमेरले नछेक्ने गीतले दिन खोजेको सन्देश रहेको छ ।

गीतको भिडियोमा आस्मा विश्वकर्माको बोल्ड नृत्य छ । ठूलै संख्यामा कोरस राखेर निर्माण गरिएको भिडियो आकर्षक र स्तरीय छ ।  

शान थापाले निर्देशन गरेको भिडियोको कोरियोग्राफी रोशन बिकले गरेका छन् ।


“गीतजस्तै भिडियो पनि राम्रो बनेको छ । हामीले गीत र भिडियो मेकिङमा कुनै कम्प्रमाइज गरेका छैनौँ,” आस्था भन्छिन्, “सदाबहार गीत छ । तर तीजमा पनि कम्मर मर्काएर नाच्न र गाउन मिल्ने गीत छ ।” महिलालाई खुलेर जिउन र सुखी हुन गीतले सन्देश दिएको उनी बताउँछिन् ।


खुसी र सुखी हुँदै जिउनु पर्छ भन्ने सन्देश दिने गीत डान्सिङ नम्बरमा छ । गीतले जिन्दगी हास्दै, गाउँदै र नाच्दै खुसी भएर बाच्न प्रेरित गर्छ । मनको रहर साँचेर राख्नेभन्दा पनि पूरा गर्नुपर्छ भन्ने सन्देश दिने गीत साथीसंगीलाई हासेर बोल्न र हासेर जिउन आग्रह गर्छ । सुख र दुःख नै जिन्दगीको सत्य भएको भन्ने गीतले दुःख भुलेर हास्न प्रेरित गर्छ । खुसी हुन र हास्न उमेरले नछेक्ने गीतले दिन खोजेको सन्देश रहेको छ । गीतको भिडियोमा आस्मा विश्वकर्माको बोल्ड नृत्य छ । ठूलै संख्यामा कोरस राखेर निर्माण गरिएको भिडियो आकर्षक र स्तरीय छ । 


शान थापाले निर्देशन गरेको भिडियोको कोरियोग्राफी रोशन बिकले गरेका छन् । “गीतजस्तै भिडियो पनि राम्रो बनेको छ । हामीले गीत र भिडियो मेकिङमा कुनै कम्प्रमाइज गरेका छैनौँ,” आस्था भन्छिन्, “सदाबहार गीत छ । तर तीजमा पनि कम्मर मर्काएर नाच्न र गाउन मिल्ने गीत छ ।” महिलालाई खुलेर जिउन र सुखी हुन गीतले सन्देश दिएको उनी बताउँछिन् ।