काठमाडौं । अष्ट्रेलियाको अर्बनमा तीजको अवसर पारेर सांगीतिक कार्यक्रम हुने भएको छ ।

सोही कार्यक्रममा गायक रामजी खाँड र गायिका शान्तीरानी परियारले प्रस्तुती दिने भएका हुन् । भदौँ ६ गते अर्थात अगष्ट २२ मा अर्बनको एनएसडब्लु ग्रान्ड प्लायेसमा सांगीतिक कार्यक्रम हुने भएको हो । 

तीजको अवसरमा हुने सांगीतिक कार्यक्रममा प्रवेश शुल्क अर्बन सोसाइटीका अध्यक्ष अरुण श्रेष्ठले जानकारी दिए । उनका अनुसार ५९ डलर र २५ डलर राखिएको छ । अनलाइनबाट भने ५५ डलरमै खरिद गर्न सकिने उनले जानकारी दिए ।

विदेशमा रहेका नेपाली महिलालाई आफ्नो संस्कृति तथा चाडपर्वको महत्त्व बुझाउनका लागि यस्ता सांगीतिक कार्यक्रम गरिएको श्रेष्ठले बताए ।

विदेशमा बसेर नेपालको चाडपर्व तथा संस्कृतिलाई नभुल्नलाई पनि समय–समयमा यस्तो कार्यक्रम आयोजना गर्नुपरेको उनले बताए । 

उनले भने,’घर र स्वदेशदेखि टाढा हुँदा आफ्नो मौलिक संस्कृति भुल्ने अवस्था आउन सक्ने हुँदा यस्ता कार्यक्रमले नेपालीत्त्वको भावना जगाउँन सक्छ । यहाँ बसेर स्वदेशको संस्कृतिलाई माया गराउन सक्नु पनि हाम्रो दायित्त्व हुन आउँछ ।’