निर्देशक मुस्कान ढकालले नयाँ चलचित्र ‘रत्यौली’ निर्देशन गर्ने भएका छन्। नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित रहने यो चलचित्रको शुक्रबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।
नोयन्द्र धिताल, विजय कुमार पाठक र मुस्कान ढकालको लगानीमा निर्माण हुने यो चलचित्र रञ्जन रिजालको प्रस्तुतिमा तयार हुनेछ ।मुस्कानले यसअघि चलचित्र ‘नाई नभन्नु ल ३ र समर लभ’ निर्देशन गरेका थिए ।
कुनै समय नेपाली म्युजिक भिडियोमा चर्चित रञ्जन अब, चलचित्र निर्माणमा अगाडि आएका छन् । चलचित्रलाई नाइट एंगल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गर्न लागिएको हो।
यो चलचित्रको छायांकन तिहार लगतै सुरु हुनेछ । नेपाली संस्कुति र मनोरञ्जनलाई सन्तुलित ढंगले प्रस्तुत हुने यो चलचित्रको अहिले कलाकार र प्राविधिक टिम फाइनल गर्ने काम भइरहेको छ।