काठमाडौं— कवाडी व्यवसायी समाजले आफ्नो पेशागत अधिकारका विषयमा गम्भीर चासो व्यक्त गर्दै सोमबार काठमाडौं महानगरपालिका कार्यालय, कमलादी घेराउ गरेका छन्।

काठमाडौं महानगरले कवाड व्यवसायी, संकलक र मजदुरमाथि बारम्बार ज्यादती गर्दै आएको प्रदर्शनकारीहरूको आरोप छ। उनीहरूले संविधानले प्रत्याभूत गरेको पेसा–व्यवसाय गर्ने हक सुनिश्चित गर्न माग गर्दै आएका छन्।

महानगर प्रहरीबाट भइरहेका कुटपिट, अपहरण, मानसिक यातना र संरचना भत्काउने कार्य तत्काल रोक्न माग उनीहरूले गरेका छन्। साथै, यस्ता ज्यादतीमा संलग्न महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने मागसमेत अघि सारेका छन्।


सरकारले कवाड व्यवसायसँग आबद्ध व्यक्तिहरूको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न तत्काल हस्तक्षेप गर्नुपर्ने व्यवसायीहरूको भनाइ छ। विगत दुई वर्षमा महानगरका गतिविधिका कारण भौतिक र आर्थिक रूपमा भोगेको क्षतिपूर्तिको भरपर्दो व्यवस्था गरिनुपर्ने उनीहरूको माग छ।


कवाड व्यवसायी समाजले आन्दोलनका कार्यक्रमलाई अझ व्यापक बनाउने चेतावनी समेत दिएको छ