काठमाडौं— उच्च अदालत दाङको बुटवल इजलासले पनि सहकारी ठगीमा हाल नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई छाड्न अस्वीकार गरेको छ ।

रविको रिहाइ माग गर्दै पत्नी निकिता पौडेल लामिछानेले दिएको निवेदनमाथि सुनुवाइ सकिएपछि न्यायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको हो ।

निकिताले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रिट निवेदन दिएकी थिइन् ।

बिगोबमोजिमको धरौटी बुझाएर रिहाइको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।

यसअघि जिल्ला अदालत रुपन्देहीले त्यही प्रकृतिको निवेदनमा मागबमोजिमको आदेश दिन अस्वीकार गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछाने विगत ४ महिनादेखि थुनामा छन् । हाल लामिछानेलाई नख्खु कारागारमा कैदीका रुपमा राखिएको छ।