काठमाडौं— काठमाडौं महानगरपालिकाले आफूहरूमाथि दमन र ज्यादती गरेको भन्दै कवाड व्यवसायीहरूले आन्दोलन जारी राखेका छन्।
बुधबार पनि कवाड व्यवसायी संघर्ष समितिको नेतृत्वमा काठमाडौंको विभिन्न स्थानबाट र्यालीसहितको प्रदर्शन गर्दै व्यवसायीहरूले महानगरको कार्यालय अगाडि धर्ना दिएका हुन्। कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरबाट कुटपिट, ज्यादती र संरचना भत्काउने जस्ता काम भएको भन्दै कवाड व्यवसायी संघर्ष समितिले निरन्तर आन्दोलन गरेका हुन्।
उनीहरुले संविधानले दिएको पेसा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने माग गरेका छन्। विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने समेत उनीहरुको माग छ।