काठमाण्डौ । मुलुकको राजनीतिक गतिरोध अन्त्यका लागि सरकार, राजनीतिक दल र जेनजी आन्दोलनबीच पहिलोपटक संयुक्त वार्ता प्रधानमन्त्री सुशीला कार्कीले आज अपराह्न ४ बजे बालुवाटारमा सर्वदलीय र जेनजी प्रतिनिधिहरूसँग संयुक्त छलफल आह्वान गरेकी हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा प्रमुख राजनीतिक दलका शीर्ष नेता र जेनजी आन्दोलनका प्रतिनिधिहरू सहभागी हुने छन् । यसअघि प्रधानमन्त्री कार्कीले दुवै पक्षसँग छुट्टाछुट्टै संवाद गरेकी थिइन्।
सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राजनीतिक सहमतिको वातावरण बनाउन वार्ता प्रक्रिया तीव्र पारेको बताइएको छ।






































