झापा । झापाको दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक मङलबार राति यात्रीवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा २ ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ । अन्य २० जना उपचारपछि घर फर्केका छन् ।
बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






































