बुटवल  ।  बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध आरोपसम्बन्धी मुद्दामा थुनामा रहेका रवि लामिछाने र छविलाल जोशीको सुनुवाइ स्थगित भएको छ।

दुवैको मुद्दा एकैसाथ पेस गर्ने अदालतको आदेश भएकाले, छविका वकिलले स्थगितको निवेदन दिएपछि रविको सुनुवाइ पनि रोकिएको हो।अर्को सुनुवाई कहिले हुने भन्ने जानकारी आएको छैन ।