झापा । झापा शिवसताक्षी – १० का सरोज शर्माको शव हुलाकी सडक अन्तर्गत विरिङ पुलमुनी फेला परेको छ । उनको शव पुरिएको अवस्थामा आज विहान फेला परेको हो ।

झापा गाउँपालिका- ५ हुलाकी राजमार्ग अन्तर्गत बिरिङ खोलाको पुलमुनि भेटिएको सब शिवशताक्षी- १० माईधारका ३३ वर्षीय सरोज शर्माको भएको परिवारका सदस्यले पुष्टि गरेको वडा सदस्य दीपक पोखरेलले बताएका छन। Screenshot_2025_1101_092359

झापाको बिरिङ खोलामा स्थानीयले शंकास्पद अवस्थामा गाडिएको मानवीय शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी टोली पुगेर शव उत्खनन गरी अनुसन्धान सुरु गरेको छ। 

झापाको मेचीनगर–१३ चारआली भद्रपुर सडकखण्डअन्तर्गत पर्ने हातेमालो सामुदायिक वनभित्र आगजनी गरिएको अवस्थामा सरोजको कार बिहिबार फेला थियो। शिवसताक्षीका सरोज शर्मा गत  आइतबार देखि आफ्नै गाडी सहित सम्पर्कविहीन भएका थिए। Screenshot_2025_1101_092519

शर्माको हत्यामा संलग्न दुई जना पक्राउ:-

सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई प्रहरिले नियन्त्रणमा लिएको छ । प्रहरीले एक जनालाई भारतको जोगवनी र अर्का एक जनालाई माइधारबाट नियन्त्रणमा लिएको बुझिएको छ । 

बिहिबार कार जलेको घटनापछि लगत्तै अनुसन्धान थालेको झापा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका व्यक्तिहरुले दिएको बयानका आधारमा शर्माको शव हत्यापछि गाढेको खुलेको थियो ।

प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका व्यक्तिहरु ठुला लागुऔषध कारोवारी हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले थप अनुसन्धानपछि पुष्टि हुने जनाएको छ ।

FB_IMG_1761987199499

सरोज शर्मा बेपत्तापछि हत्या प्रकरणबाट सिर्जित माईधार तनाव ग्रस्त बनेको छ  । स्थानीय बहादुर शाह को घर प्रहरीले घेरा हालेर सुरक्षा दिएको छ। श्याम शाहको अटोमा आग्जनी भएको छ । सुनिल शाह लगायत केही मानिस प्रहरीले पक्राउ गरेको छ । माइधारमा सयौं प्रहरी परिचालन भएको झापा प्रशासनले जनाएको छ।