काठमाण्डौ । अविरल रुपमा परिरहेको पानीका कारण मौसम बिग्रीएपछी तीन विमानस्थल तत्कालका लागि बन्द भएका छन् ।
प्रतिकूल मौसमका कारण भिजिविलिटी कम भएपछि भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबारको उडान स्थगित गरिएको छ । बाक्लो बादलले हिमाल ढाकिएपछि माउन्टेन फ्लाइटहरू समेत रद्द भएका छन् । आज पनि नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली भएको छ भने बाँकी प्रदेशमा आंशिक बदली छ भएको छ । बागमती प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश, र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।






































