एजेन्सी । बलिउड अभिनेत्री शिल्पा शेट्टी उमेरले ५० पुगेपनि फिटनेस आइकनका रुपमा दरिएकी छिन् । हालै मुम्बईको खार क्षेत्रमा देखिएकी उनी सुन्दर र आकर्षक देखिएकी थिइन् ।
आकर्षक फेसन सेन्सका लागि परिचित शिल्पा क्याजुअल तर स्टाइलिश लुकमा देखिएकी थिइन् । स्वास्थ्य र स्वस्थ जीवनमा आफ्नो ध्यान केन्द्रित गरेर लाखौंलाई प्रेरित गरिरहेकी शिल्पाले ढल्किदो उमेरमा पनि धेरैको ध्यान तानिरहेकी छिन् ।
उनको सरल व्यवहार र मैत्रीपूर्ण हावभावले दर्शकहरू लोभिने गरेका छन् । फिल्म प्रमोशन, फिटनेस कार्यक्रम र टेलिभिजन शोहरुमा व्यस्त उनी शारीरिक रुपमा फिट देखिन्छिन् ।
व्यावसायिक क्षेत्रमा, शिल्पाले आफ्नो फिल्म र उद्यमशीलतालाई सन्तुलनमा राखेको एएनआइले उल्लेख गरको छ । योग, सचेत जीवनशैली र महिला सशक्तिकरणको क्षेत्रमा समेत उनी बलिउडको सबैभन्दा प्रशंसित व्यक्तित्वहरू मध्ये एक हुन्।
उनको पछिल्लो सार्वजनिक उपस्थितिले फेरि एक पटक स्टाइल आइकन र फिटनेस प्रेरणाको रूपमा देखिएकी थिइन् ।






































