काठमाण्डौ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन।
दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।
राति देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने छ भने केही स्थानमा आंशिक बदली हुनेछ ।






































