काठमाडौं— गैर–न्यायिक सडक तथा खोलानदी मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। बिहीबार आयोजित प्रदर्शनमा सहभागीहरूले खोलानदी अतिक्रमण गर्न नपाइने मापदण्डको नाममा सर्वसाधारणलाई विस्थापित गर्न पाइदैन भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रदर्शनकारीहरूले “खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन” लगायतका नारासमेत लगाएका थिए। हाल लागू गरिएको खोलानदी मापदण्ड गैर–न्यायिक र जनविरोधी रहेको भन्दै नागरिकको आवास र जीविकोपार्जनमा गम्भीर असर पारेको उनीहरूको भनाइ छ।
संघर्ष समितिले प्रभावित नागरिकहरूसँग पर्याप्त परामर्श नगरी मापदण्ड लागू गरिएको आरोप लगाउँदै उक्त मापदण्ड खारेज गर्न माग गरेको छ। साथै वैकल्पिक व्यवस्थासहित न्यायोचित समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।







































