काठमाडौं— नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राजीनामा दिएका छन् ।
लामो समयदेखि पार्टी मुख्यसचिव भएर काम गर्दै आएका पौडेलले राजीनामा दिएका हुन् । उनले बिहीबार नै राजीनामा बुझाएको जनाएको छ ।
‘निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारलाई जिताउन अहोरात्र खटिनुपर्ने भएकाले राजीनामा दिएको उनको भनाइ छ ।
२७ देखि ३० पुससम्म भएको विशेष महाधिवेशनको समयमा उनी तत्कालीन संस्थापन पक्षमा उभिएका थिए । नयाँ कार्यसमिति आएपश्चात् उनले पदबाट राजीनामा दिएको बुझिएको छ ।
पौडेल हाल राष्ट्रियसभा सदस्य पनि रहेका छन् ।






































