काठमाडौं— आज २०८२ साल माघ १८ गते आइतबार माघ शुक्ल पक्षको पूर्णिमा तिथि ।

मेषः बोली र व्यवहारमा एकरुपता देखाउनु उचित हुनेछ । साना कुराले मनमा झन्झट बढ्नेछ । शास्त्रको अध्ययन गरेमा दिन सहज बन्नेछ । धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ ।
वृषः दिन सुखद् रहेको छ । आज व्यापारबाट लाभ हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । तपाईंको काममा विपक्षीलेसमेत साथ दिनेछन् । शिक्षाको क्षेत्रमा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ ।
मिथुनः भाग्य राम्रो छ । थोरै लगानी गरे पनि आम्दानी राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । अध्ययनमा जाँगर चल्नेछ । साथीभाइ र बन्धुसँगको सहकार्यले फाइदा मिल्नेछ । विदेशमा गरेको लगानीबाट नाफा हुनेछ ।
कर्कटः व्यापारमा फाइदा हुनेछ । शिक्षामा भएको ढिलासुस्तीले सताउने छ । राजनीतिमा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ । परिवारको तर्फबाट भने सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
सिंहः दिन सामान्य छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । आफ्ना साथीले भने साथ नदिएर हैरान पार्ने जोखिम रहेको छ । व्यापारमा घाटा हुनेछ । राज्यको तर्फबाट भने महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ ।
कन्याः आज हिम्मत गरेर काम गर्नुपर्ने दिन छ । बोलीलाई परोपकारमा प्रयोग गर्नु उचित हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
तुलाः तपाईंको कला र गलाको प्रसंसा हुनेछ । अरुलाई समय दिएर स्वास्थ्यको ख्याल नगर्दा समस्या बढ्नसक्छ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । लगानी गरेको भए सफलता मिल्नेछ । सहयोगी मित्र बढ्ने छन् ।
वृश्चिकः धेरै झन्झट देखिने जोखिम छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार हुने योग छ । दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ ।
धनुः बोल्दा सचेत बन्नुपर्ने समय छ । बोली गोली जस्तै हुने भएकाले सोचेर बोल्नु उचित हुन्छ । आम्दानीभन्दा खर्च बढ्नेछ । परिवारभित्रका मान्छेले भन्दा बाहिरका व्यक्तिले प्रशंसा गर्नेछन् । उत्तरको यात्रा नगर्नु उचित हुनेछ ।
मकरः व्यापारमा फाइदा हुनेछ । दाजुभाइसँग सहकार्य गरेर काम गर्नु उचित हुनेछ । परिवारलाई विश्वास गर्दा धोका हुनेछ । शिक्षामा थप श्रम गर्नुपर्ने दिन छ ।
कुम्भः दिन सामान्य छ । शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल हुनेछ । विपक्षीले तपाईंको निन्दा गर्नेछन् । परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुधार हुनेछ ।
मीनः दिन सामान्य राम्रो छ । लगानी क्षेत्रमा जोखिम भएकाले सचेत बन्नुपर्नेछ । सामाजिक र धार्मिक क्षेत्रमा झुकाब रहनेछ । समय दिन सकेमा सफलता मिल्नेछ । जन्म कुण्डलीमा हेरेर कामको सुरुवात गर्नु उचित हुनेछ ।






































