काठमाडौं— मकवानपुरको मनहरी गाउँपालिका–९ खरङगा हरियाली सामुदायिक जङ्गलको भित्री बाटोबाट करिब १७१ किलो गाँजासहित एकजना प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले मंगलबार बिहान लागू औषध गाँजा करिब १७१ किलो २१ ग्रामसहित राक्सिराङ गाउँपालिका–४ सितताक बस्ने २० वर्षीय अक्कल प्रसाद स्याङतानलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरीले भाबरबाट मनहरितर्फ आउँदै गरेको बा.१३ च २०१४ नम्बरको गाडीलाई जाँच गर्दा २७ वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक अक्कल प्रसादलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।






































