काठमाडौं— नेपाल प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४ सयभन्दा बढी भर्ना खुलाएको छ। भर्ना खुलेका पदहरूमा प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान समावेश छन्।
इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक्चर, अटोमोबाइल क्षेत्रमा, विधि विज्ञानतर्फ बायोलोजी र रसायन, तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट र सीएमएको पदमा भर्ना खुल्ने सूचनामा उल्लेख गरिएको छ।
भर्ना विवरण अनुसार, प्रहरी जवानका लागि २८० र अन्य पदहरूका लागि १२९ जनाका लागि आवेदन खुल्नेछ। प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकका लागि दरखास्त बुझाउने म्याद चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म तोकिएको छ भने प्राविधिक प्रहरी जवान पदका लागि म्याद चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म तोकिएको छ।
नेपाल प्रहरीले इच्छुक उम्मेदवारहरूलाई समयमा आवेदन गर्न आग्रह गरेको छ।
![नेपाल प्रहरीमा डीएसपीदेखि जवानसम्म माग [सूचनासहित] नेपाल प्रहरीमा डीएसपीदेखि जवानसम्म माग [सूचनासहित]](https://www.guptacharkhabar.com/uploads/2026/04/fb-img-1775194364405.jpg)





































