काठमाडौं— महान्यायाधीवक्तामा अधिवक्ता डा. नारायण कँडेल नियुक्त भएका छन्। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले बाग्लुङ स्थायी घर घएका कँडेललाई नियुक्त गरेको हो।
संवैधानिक व्यवस्थाअनुसार सरकारको कानुनी सल्लाहाकार महामन्यायाधीवक्ता हुने गर्छ।
साथै सरकारवादी हुने मुद्दा चलाउने वा नचलाउने अधिकार पनि महान्यायाधीवक्तालाई संविधानले दिएको छ।




































