काठमाडौं । नेकपा (एमाले) को ‘पार्टी सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला’ आज दोस्रो दिन जारी रहँदा समापनको तयारी गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेको कार्यशालाको पहिलो दिन समूहगत छलफल सम्पन्न भएको थियो। आज विभिन्न समूहका नेताहरूले आफ्ना निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ।

समूहगत प्रस्तुतिपछि महासचिव शंकर पोखरेलले पार्टीको भावी कार्यदिशा र संगठन विस्तारबारे निर्देशनात्मक सम्बोधन गर्नेछन्। त्यसपछि समसामयिक प्रस्ताव पारित गर्दै कार्यशाला समापन गरिने एमालेले जनाएको छ।

संगठन सुदृढीकरण र सदस्यता विस्तारलाई केन्द्रमा राखिएको कार्यशालामा देशभरका प्रदेश तथा जिल्ला तहका जिम्मेवार नेता सहभागी छन्।