काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान मामिलामा एक्लिने अवस्था आउन सक्ने भन्दै इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहुलाई चेतावनी दिएका छन् ।
राष्ट्रपति डोनमल्ड ट्रम्पले नेतन्याहुलाई यस्तो चेतावनी इजरायलको ‘च्यानल १२’ सँगको अन्तर्वार्ता मार्फत दिएको बीबीसीले जनाएको छ । इजरायली न्युज एजेन्सीका अनुसार नेतन्याहुले आइतबार इरानमाथि गरिएको आक्रमणबारे ट्रम्पलाई अन्तिम समयसम्म पनि पूर्ण जानकारी गराएका थिएनन् ।
ट्रम्पले आइतबार नै इरानविरुद्ध प्रतिआक्रमण नगर्न भनी नेतन्याहुलाई सुझाव दिएका थिए । लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको आक्रमणपछि इरानले इजरायलमाथि आक्रमण गरेको बताइएको छ । ‘च्यानल १२’ को रिपोर्टअनुसार नेतन्याहुले आफ्नो अन्तिम निर्णय ट्रम्पलाई जानकारी गराएका थिएनन्। पछि, अमेरिकी विदेशमन्त्री कार्को रुबियोलाई आफूले इरानमाथि आक्रमण गर्ने निर्णय गरिसकेको जानकारी दिएका थिए ।
ट्रम्पले उक्त आक्रमणको ‘दायरा कम गराउन’ आफू सफल भएको दाबी गरेका छन् ।






































