काठमाडौं— सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत उद्घाटनसत्रमा नेकपा (एमाले)का तर्फबाट उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।
आइतबार बिहान उनी चितवन गएका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । भरतपुरमा हुने रास्वपा महाधिवेशनको उद्घाटनसत्रमा उपस्थितिका निम्ति पार्टीबाट ज्ञवालीलाई पठाइएको हो ।
रास्वपाले उद्घाटनसत्रमा उपस्थितिका निम्ति सबै पार्टीका अध्यक्ष/सभापतिलाई निम्ता पठाएको थियो ।
तर, नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट दोस्रो तहका नेता सहभागी हुन लागेका छन् ।
रास्वपा महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशन यही असार ९ गतेसम्म चल्नेछ ।






































