चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री तथा काठमाडौं महानगरका प्रमुख बालेन शाह परिवारसहित चितवन पुगेका छन्।आइतबार बिहान भरतपुर विमानस्थलमा अवतरण गरेका शाह छोरीलाई काखमा बोकेर विमानस्थलबाट बाहिरिएको दृश्यले उपस्थितको ध्यान खिचेको थियो। पारिवारिक उपस्थितिसहित महाधिवेशनस्थल पुगेका बालेनलाई रास्वपा कार्यकर्ताले स्वागत गरेका थिए।
रास्वपाको पहिलो महाधिवेशन आज भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन रास्वपा सभापति रवि लामिछाने र बालेन शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम तय गरिएको छ।
उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको समेत सहभागिता रहनेछ। नेपाली कांग्रेसका सभापति गगन थापा पनि महाधिवेशनमा सहभागी हुन चितवन जाँदै छन्।






































