चितवन । प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक पाँच राजनीतिक दलका शीर्ष नेता एउटै मञ्चमा देखिने भएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन समारोहमा सभापति रवि लामिछानेसहित कांग्रेस सभापति गगन थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष डा। सीके राउत र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी हुने भएका हुन्।
भरतपुरमा आयोजित समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहको पनि विशेष उपस्थिति रहनेछ। शाहले महाधिवेशनको घण्टी बजाएर उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
नयाँ राजनीतिक शक्ति बनेको रास्वपाको महाधिवेशनमा शीर्ष नेताहरूको जमघटलाई आगामी राजनीतिक समीकरणसँग जोडेर समेत हेरिएको छ।




































