चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थल आइतबार फेरि पानीले डुबेको छ। उद्घाटन कार्यक्रम सुरु हुनुअघि परेको वर्षाले भरतपुरस्थित गेष्ट हाउस चौर हिलाम्मे बनेको हो।
जर्मन ह्याङ्गरभित्र पानी नपसे पनि मैदानभरि पानी जम्दा स्थल रोपाइँ गर्न तयार खेतजस्तै देखिएको थियो। समर्थकहरू कपडा माथि सारेर पानीमै बसेर कार्यक्रम सुन्न बाध्य भए। गएरातिको वर्षाले पनि स्थल प्रभावित बनेपछि बिहानै ग्राभेल हालेर व्यवस्थापन मिलाइएको थियो। तर कार्यक्रमकै बीच फेरि पानी परेपछि आयोजकलाई थप सास्ती भयो।
यता रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बालेन शाह भने एकै छातामुनि कार्यक्रमस्थल प्रवेश गरेका थिए। उनीहरू पुग्नेबित्तिकै मुसलधारे पानि दर्किएको थियो ।






































