चितवन । रास्वपाको पहिलो महाधिवेशन उद्घाटन समारोहमा राजनीतिक प्रतिस्पर्धाभन्दा बढी आत्मीयताको दृश्य देखियो। महाधिवेशनस्थल पुगेपछि रास्वपा सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति गगन थापालाई अँगालो मारे भने प्रधानमन्त्री बालेन शाहले घण्टी प्रदान गरे।
वर्षाका बीच छाता ओढेर मञ्चमा पुगेका रवि र बालेनले उपस्थित नेताहरूसँग अभिवादन गरेपछि समारोहको माहोल झन् रोचक बनेको थियो।
अतिथिहरूलाई घण्टी वितरण गरेपछि सामूहिक रूपमा घण्टी बजाएर रास्वपाको प्रथम महाधिवेशन उद्घाटन गरिएको थियो। राजनीतिक मतभेदभन्दा माथि उठेर देखिएको आत्मीयता समारोहको मुख्य आकर्षण बन्यो।






































