काठमाडौं। सम्पत्ति शुद्धीकरण मुद्दामा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि नेकपा एमालेले दुई महत्वपूर्ण बैठक बोलाएको छ।
दिउँसो २ बजे च्यासलस्थित पार्टी कार्यालयमा संसदीय दलको बैठक बस्दैछ भने साँझ ६ बजे ओली निवास गुण्डुमा केन्द्रीय सचिवालय बैठक बोलाइएको छ।
बैठकमा विष्णु पौडेल पक्राउपछि विकसित राजनीतिक परिस्थिति, पार्टीको आधिकारिक धारणा र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ। सुर्खेतबाट पक्राउ परेका पौडेललाई बाँकेमा राखिने भनिए पनि राति नै काठमाडौंतर्फ ल्याइएको छ।
पौडेल पक्राउ प्रकरणले राष्ट्रिय राजनीतिमा नयाँ तरंग सिर्जना गरिरहेका बेला एमाले नेतृत्व निर्णायक छलफलमा जुट्न लागेको हो। पौडेल प्रकरणले अब केवल एउटा नेताको मात्र होइन, राज्यका संस्थाहरूको विश्वसनीयताको परीक्षा लिइरहेको छ।






































