काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशन प्रतिनिधि विवादका कारण प्रभावित बनेको छ।
महाधिवेशन प्रतिनिधिको नामावली टुंगिन नसकेपछि सोमबारका लागि तय गरिएको बन्दसत्र मंगलबार सारिएको थियो। तर विवाद अझै समाधान हुन सकेको छैन।
मंगलबार प्रतिनिधिलाई परिचयपत्र वितरण भइरहेका बेला गण्डकी प्रदेशका केही प्रतिनिधि र कार्यकर्ताले आफ्नो नाम छुटेको भन्दै निर्वाचन आयोगको कार्यालय घेराउ गरेका छन्। नामावलीमा त्रुटि भएको आरोप लगाउँदै उनीहरूले हुलहुज्जतसमेत गरेका छन्।






































