काठमाडौं। चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनमा निर्वाचन प्रक्रिया अपेक्षाभन्दा धेरै लम्बिने भएको छ। उम्मेदवारहरूको अन्तिम नामावली ढिलो आउँदा मतदान सुरु हुन नसकेको अवस्थामा अब भोटिङ सक्न मात्रै करिब ११ घण्टा लाग्ने अनुमान गरिएको छ।
करिब ४ सय उम्मेदवारमध्ये ९९ केन्द्रीय सदस्य छान्न प्रत्येक प्रतिनिधिले ९९ जनालाई मत दिनुपर्ने भएकाले एक व्यक्तिलाई मतदान गर्न १५–१८ मिनेट लाग्ने बताइएको छ। ८० वटा ई–भोटिङ मेसिन तयारी अवस्थामा भए पनि उम्मेदवारको फोटोसहितको अन्तिम सूची प्राप्त भएपछि मात्र प्रणालीमा अपलोड गर्न सकिनेछ।
रोचक कुरा के छ भने हजारौं प्रतिनिधिले मतदान गर्न ११ घण्टा लाग्ने अनुमान गरिए पनि मतगणना भने डेढ घण्टामै सकिने बताइएको छ। यसले रास्वपा महाधिवेशनको निर्वाचन प्रक्रिया ‘ढिलो मतदान, छिटो नतिजा’ को अनौठो समीकरणमा पुगेको छ।






































