काठमाडौं— प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । 

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । 

प्रधानमन्त्री बालेन शाहको तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘महालेखा परीक्षकको विसट्टिऔं वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने छन् र 

प्रधानमन्त्रीको तर्फबाट मन्त्री पुनले ‘सार्वजनिक खरिद -दोस्रो संशोधन_ विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘सार्वजनिक खरिद -दोस्रो संशोधन_ विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

यसैगरी, अर्थ मन्त्री डा=स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धिकरण -मनि लाउन्डरिङ्ग_ निवारण -तेस्रो संशोधन_ विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।  

अर्थमन्त्री वाग्लेलले ‘सम्पत्ति शुद्धिकरण -मनि लाउन्डरिङ्ग_ निवारण -तेस्रो संशोधन_ विधेयक, २०८३’ प्रस्तुत गर्ने छन् । 

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन प्रतिभा रावलले

‘सहकारी -पहिलो संशोधन_ विधेयक, २०८३’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने । ‘सहकारी -पहिलो संशोधन_ विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।